हुम्लाको ताँजाकोट गाउँपालिकाका एक वडा बाहेक सबै सडक सञ्जालमा जोडियो

काली बहादुर थापाफिल्को मिसन

२०७७ फाल्गुन,२०विहीबार
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको गोठालबाडासम्म सडक जोडिएको छ । कर्णाली करीडोरसँग जोडीको पैमा सिरुपाटा हुँदै ४ नम्बर वडा कार्यालयसम्म सडक जोडिएको हो ।
कर्णाली प्रदेश सरकार, ताँजाकोट गाउँपालिका र भौतिक पुर्वाधार विकास कार्यालयको आर्थिक सहयोगमा सडक निर्माण गरिएको हो । आफु निर्वाचित हुँदै गर्दा घोषणा गरिएको एक महत्वपुर्ण कार्य पुरा गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ बाहेक सबै वडा सडक सञ्जालमा जोडिएको र त्यसका लागि पनि प्रक्रिया अघि बढी सकेको अध्यक्ष मल्लले बताउनुभयो ।
कुवाडी खोला हुँदै गाउँपालिकाको केन्द्र छप्रेला हुँदै रामासम्म सडक पुगेपछि स्थानीय खुशी भएका छन् । ३ नम्बर वडाको रामा गाउँमा डोजर लगाएर सडक खन्ने काम भैरहेको वडा नम्बर ४ का वडा अध्यक्ष धनलाल जैसीले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारको १ करोड ७५ लाख, गाउँपालिकाको विभिन्न शिर्षकबाट २ करोड ८३ लाख, सांसद विकास कोषको ५० लाख र १२ लाख ५० हजार आरसिआईडब्लुको गरी ५ करोड २० लाख ५० हजारको लगानिमा २८ किलोमिटर सडक निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस