विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग तीन बुँदे सहमति

फिल्को मिसन

२०७७ फाल्गुन,२० विहीबार
काठमाण्डौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तीन बुँदे सहमित भएको छ । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस