सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

फिल्को मिसन

२०७७ फाल्गुन,२० विहीबार
काठमाण्डौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको हो ।राष्ट्रिय गौरवको यो आयोजनाबाट १ लाख ८५ हजार बिगाहा क्षेत्रफलमा सिँचाई गरीने छ । पानी डाइभर्सन गरी विद्युत गृह बनाएर ३१ मेगावाट बिजुली उत्पादन गर्ने योजना भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि १३ किलोमिटर सुरुङमार्गको निर्माणको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस