सरकारबाट प्रतिबन्धित विप्लव आज सार्बजनिक हुँदै

फिल्को मिसन

२०७७ फाल्गुन,२० शुक्रबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट सार्वजनिक भएका छन । आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आरम गरेर प्रहरीको स्कटीङमा काठमाडौं आउन लागेका हुन।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैहुनुहुन्छ । सरकारी वार्ता टोली र विप्लव समूहबीच हिजो ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना गर्न लागिएको हो । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नुहुनेछ ।

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् । विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस