नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको प्रधानमन्त्रीको भनाइ

फिल्को मिसन

२०७७ फाल्गुन,२१शुक्रबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको र शान्तीको नयाँ युगमा प्रबेश गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले शान्तीको लागि दिईएको यो योगदानको लागि विप्लबलाइ धन्यवाद दिनुभयो । विप्लबले शान्तीपूर्ण कदमको माध्यमबाट नेपाली जनताको मन जितेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । आफुहरु समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर स्वाधिन र स्वाभिमानी नेपालीको लागि काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सोही आकंक्षा पूरा गर्ने क्रममा यो सहमति भएको बताउनुभयो ।
अब नेकपाले शान्तीपूर्ण ढंगले गतिबिधिहरु गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जेलमा रहेको नेकपाका कार्यकर्तालाइ प्रक्रिया मिलाएर छुटाउदै लैजाने विश्वास दिलाउनुभयो । बिप्लबसंगको वार्ताको लागि बर्षौ देखि प्रयास चलिरहेको र यो सहमति रातारात नभएको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
अब एकतावद्ध भएर देशलाइ समृद्ध देशको रुपमा अगाडी बढाउने समय आएको र पुर्वजका योगदान र अनुभवलाइ समेटेर अगाडी बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस