प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

फिल्को मिसन

२०७७ फाल्गुन,२१शुक्रबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिनुभएको छ । बैठकअघि प्रचण्ड–नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनीहरुको दाबी छ ।
आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको नेताहरुले दाबी गरेका छन् । ओली पक्षले पनि आफुहरुको पक्षमा बहुत सांसद रहेको दाबी गर्दै आएका छन् । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस