सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

फिल्को मिसन

२०७७ फाल्गुन,२१शुक्रबार
हुम्ला । हुम्लाको सिमको गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितको सभाहलमा गाउँपलिकाका अध्यक्ष पदमबहादुर लामा अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको निमित प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
कार्यक्रममा उपाध्यक्ष रावतले गरेको प्रस्तुतमा गाउँपालिकाले निकासा गरेको रु १८ करोड मध्ये रु १६ करोड खर्च हुनुका साथै रु २ करोड बाँकी मौजाद रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय उजिर रोकायाले बताए ।
संघ,प्रदेशबाट आएको रु ४० करोड मध्ये यति खर्च भएको छ भने बाँबी २१ करोड निकासा हुन नसकेकोहो । बाँकी रहेको छ । गाउँपालिकाले प्रत्येत वडामा रु ३० लाखा विभिन्न योजनामा निकासा दिएको रोकायाले बताउनुभयो ।
गाउँपालिकाले दिएको रु ३० लाख रकमको योजनाले आठवटै वडा सन्तुष्टि तवरमा काम नगरेको जनगुनासो आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस