मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै,अवलोकन गर्न प्रधानमन्त्री जाँदै

फिल्को मिसन

२०७७ फाल्गुन,२२शनिबार
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुरुङमार्फत आज (शनिबार) सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुग्ने भएको छ
गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा आज दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।
अहिले परीक्षणका लागि २६०लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले बताए ।
आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो ।
मेलम्चीको पानी सुन्दरी जलमा झर्दा बागमती नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस