कोरोना खोप अभियानका लागि हुम्लामा १०६ केन्द्र तोक्यो

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
हुम्ला ।स्वास्थ्य सेवा कार्यालय हुम्लाले भोलिदेखि सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि सातैवटा गाउँपालिकाका विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकेको छ ।६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य सेवा कार्यालयका हुम्लाका खोप केन्द्रका फोकलर्पसन मनबहादुर रोकायाले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय हुम्लामा स्टक रहेको २ हजार ८सय ८० डोज खोप तिनैवटा गाउँपालिका र अन्य गाउँपालिकामा पनि खोप केन्द्रमा पठाउने तयारी भएको जानकारी दिनु भयो ।
जिल्लामा रहेको स्वास्थ्य सेवा कार्यालय,खार्पुनाथ गाउँपालिका वडानं ५को ताक्लागाउँ,४वडा लेखगाउ,वडानं २ रायगाउँ र नाम्खागाउँपालिकामा भोलिबाट कोरोना खोप लगाउने तयारी भएको छ । यस्तै अन्य गाउँपालिकाका खोप केन्द्र लाई स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना खोप उपलब्ध गराउने खोप केन्द्रका फोकलर्पसन रोकायाले बताए ।
सरकारले फागुन २३ गते आइतबारदेखि देशभरका विभिन्न खोप केन्द्र मार्फत ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने र १० दिनपछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ ।
यसअघि पहिलो प्राथमिकतामा परेका कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, कोरोना संक्रमित शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, पत्रकारहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई पनि खोप दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस