भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
काठमाडौं । नेपालमा थप ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्दको खोप आउने भएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो ।कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ। आज युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोली कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
उक्त खोपमध्ये पहिलो चरणमा भोली आइतबार ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भोली ११ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तरगतको खोप आइपुग्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस