विप्लवलाई पार्टीमा स्वागत गर्ने आतुरभएको प्रचण्डको भनाइ

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताउनुभएको छ ।आज कोटेश्वर पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव अन्तत्वगत्वा आफुले कोरेको गोरेटोमा आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । अब छिटै औपचारिक कार्यक्रम गरेर विप्लवलाइ स्वागत गर्न चाहेको प्रचण्डको भनाइ थियो । यस्तै उहाँले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताउनुभयो ।
लामो संघर्षबाट लडेर ल्याएको गणतन्त्र र लोकन्तत्रलाई पहिला संस्थागत गर्न आवश्यक भएको प्रचण्डको भनाइ थियो । सरकारले अहिले तल्लो वर्ग, पिछडिएको वर्गलाई सम्बोधन गर्ने जमर्को गरेको प्रचण्डको भनाइ थियो ।
विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल भएको उहाँको भनाइ थियो । आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको बताउनु भयो । आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस