जनमतसंग्रह आफ्नो पार्टीको एजेण्डा भएको :नेता बास्तोला

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताउनुभएको छ ।
हरेक विषयमा जनतमसंग्रह गरौं भन्ने पार्टीको धारणा रहेको बताए ।यसले जनतालाई परिचालित गर्ने र लोकतान्त्रिक समाज बनाउने पनि बास्तोलाले बताउनुभयो । सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज रिपोर्टर्स क्लबमा पुगेर उहाँले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताउनुभयो । आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि उहाँको भनाइ थियो ।
राजनतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति धेरै लामो समयदेखि छलफल गर्दै आएको र नेपालको संविधानले कतिपय विषयलाई समेट्न नसकेकोले अब त्यसलाइ समेटेर अगाडी जाने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस