बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबको जित

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ । आज भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गर्नुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा मिलनले हेडमार्फत निर्णायक गोल गर्नुभयो । यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस