प्रधानमन्त्रीको दौडमा नभएको काँग्रेस सभापति देउवाको भनाइ

फिल्को मिसन

२०७७ फागनु,२२ शनिबार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।
आज काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभामा उहाँले केही राजनीतिक कुरा उठिहालेको खण्डमा नबोली नभएका कारण मात्रै आफु सरकारमा जाने कुरा चर्चामा आएको बताउनुभयो । सरकार असफल हुँदा उसैको टाउकोमा आउँछ , पहिलो कुरा मैले हुँदैन भनेको छु , सभापति देउवाले भन्नुभयो । तर देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको उहाँको भनाइ छ ।
देउवाअघि बोल्नुभएको पौडेलले काँग्रेस सरकारमा जान नहुने भन्दै प्रतिपक्षीको हैसियत बिर्सन नहुने बताउनुभएको थियो । फरक प्रशंगमा सभापति देउवाले अब पार्टीको महाधिवेशन एक दिन पनि नसर्ने बताउनुभयो । तर पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उहाँको भनाइ छ । यस्तै उहाँले पार्टीको अधिवेशनपछि नेविसंघको पनि अधिवेशन गरिने बताउनुभयो । हिजो सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकारमा जान नहतारिन भन्दै सरकारमा गएमा पनि कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्ने धारण राख्नु भएको ।

 

प्रतिक्रिया दिनुहोस