मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स रोबोट

एजेन्सी

२०७७ फागुन,२२शनिबर
एजेन्सी ।अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोबोटको यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ ।पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको बीबीसीको खबरमा उल्लेख छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई हप्ता पूरा भइसकेको छ ।अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको झण्डै सात महिनापछि गएको फागुन ७ गते मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो । दुई हप्तामा वैज्ञानिकले यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।

खोजका लागि मङ्गल ग्रहको एक वर्ष ९पृथ्वीको लगभग दुई वर्ष० मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्राग ऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् । तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्सले विभिन्न परीक्षणहरू गर्नेछ । पर्सिभिअरन्स रोबोटले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त ठाउँ खोज्नेछ । हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस