प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै

फिल्को मिसन

२०७७ फागनु,२३आईताबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ । आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उहाँले खोप लगाउनुहुनेछ । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस