सर्वोच्च अदालतले नेकपा नाम विवादको आज फैसला हुँदै

फिल्को मिसन

२०७७ फागनु,२३आईताबार
काठमाण्डौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा आज आइतवार फैसला गर्ने भएको छ । सत्तारुढ दल नेकपाभित्र दलको आधिकारिकता विवाद चरम अवस्थामा पुगेका बेला सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाउन लागेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस समाप्त गरी निसुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गर्नुभएको थियो । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आउन लागेको हो ।
निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पु¥याउन सकेको छैन। यो अवस्थामा हुन लागेको फैसलाई चासोका साथ हेरिएको छ । सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ ।

प्रतिक्रिया दिनुहोस