निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै

फिल्को मिसन

२०७७ फागनु,२३आईताबार
काठमाडौं ।नेकपामा जारी पार्टीको आधिकारिकता विवाद टुंग्याउनको लागि निर्वाचन आयोगका पदधिकारीको बैठक बसिहरेको छ ।
पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहले पटकपटक दबाब दिएपछि आयोगले छलफल सुरु गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले आज पनि आयोगका पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताका लागि नेकपाको प्रचण्ड–माधव समूहले पेश गरेको दस्तावेजको अध्ययन गर्ने बताए ।
प्रचण्ड–माधव समूहले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै आधिकारिकताका दाबी गर्दै आएयात पनि आधिकारिकता बिवाद आजै नटुंगिने सम्भावना जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस