एमाले र माओवादी केन्द्र लाई ब्यूँताईउने काम : सर्वोच्चको फैसला (पूर्णपाठसहित)

फिल्को मिसन

२०७७ फागुन,२३आइतबार
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि (साविक) का नेकपा एमाले र माओवादी केन्द्र अरू व्यक्तिकै नाममा रहेको अवस्थामा ओली र प्रचण्डको पार्टी कुन हुने भन्ने विषयमा पनि चासो बढेको छ ।दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको छ ।

हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठ:supreme_194511 (1)

 

प्रतिक्रिया दिनुहोस