बहिष्कार पछि संसद् बैठक २६ गते सम्मका लागि स्थगित

फिल्को मिसन

२०७७ फागनु,२३ आईतबार
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने नेपाली कांग्रेसका सांसदले नाराबाजी गर्दै उठेर विरोध गरेका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदको मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश पेश गर्न नदिने अडान लियो ।

 

प्रतिक्रिया दिनुहोस