हुम्लामा एमाले र माओवादी दुवैले गरे छुट्टाछटै कार्यालय स्थापना

अर्जुन बोहरा

२०७७फागनु,२६बुधबार
काठमाण्र्डो । हुम्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले छुट्टाछटै कार्यालय स्थापना गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गरेपछि पुर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सबै जिल्लामा आ–आफनो केन्द्र पार्टीको निर्देशन अनुसार पार्टी कार्यलय स्थापना गरेको छ ।
मंगलबार सदरमुकाम सिमकोटमा तीन वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको भने नेकपा माओवादी केन्द्रले बुधबार अपराह्न १बजे तिर नेकपा माओवादी केन्द्र लेखिएको बोर्ड राखेर पार्टीको कार्यालय संचालन गर्ने गरी उद्घाटन गरेको छ ।
नयाँ बोर्ड राखेर पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसीले सर्वोच्च अदालतको निर्णय नेकपामाथिको कानुनी ‘कू’ भएको बताएका छन्। अनावश्यक निर्णय राजनीतिक पुर्वाग्रह र कम्युनिस्ट आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकाक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उनले टिप्पणी गर्नुभयो ।
आज सिमकोट तल्लो बजारमा रहेको बक्त बुढा प्रतिष्ठानको भवनमा पार्टी कार्यालयको उद्घाटन सत्रमा प्रदेश कमिटी सदस्य जुम्कीत लामाको प्रमुख आथित्यमा र समन्वय समिती हुम्लाका प्रमुख दान बहादुर र सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावत लगायतका अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नर बहादुर रोकायाको सभापत्तिवमा र नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनस्थापना गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस