दलित परिवारलाई कुखुरा वितरण

२०७७फागनु,२७ विहीबार
हुम्ला । दलित वर्गको आयआर्जन बृद्धि गर्न खार्पुनाथ गाउँपालिले कुखुराको वितरण गरेको छ । खार्पुनाथ गाउँपालिका वडा नम्वर १ को प्यूस गाउँका ३१ घरधुरीलाई प्रति घर तीन जोडिका दरले ग्रिराज जातका कुखुरा वितरण गरिएको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाका निमित्त प्रमुख चिन बहादुर शाहीले बताए । गाउँमा पुगेका ३ सय ५० कुखुरा मध्य २ सय ७५ वटा कुखुरा वितरण गरिएको थियो, भने बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताउनु भयो । ग्रिराज जातीका कुखुराले साढे २ महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने क्षमताको रहेको प्रमुख शाहीको भनाई छ