शिवरात्रिकै दिनमा तीर्थयात्रीहरुले दर्शन गरे कैलाश –मानसरवर

ऋर्जुन बोहरा

२०७७ फागुन,२७ विहीबार
हुम्ला । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रिकै मौका छोपेर आज हुम्लाको लिमीलाप्चा स्थिीत नजिकै पर्ने तिब्बतमा रहेको धार्मिकस्थल कैलाश –मानसरवर दर्शन गरेका छन ।
पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाईको समयमा हुम्लाको नाम्खागाउँपालिका वडानं ६मा पर्ने लिमी लाप्चा नजिकै जोडिएको कैलाश –मानसरवर दर्शन गरि तिर्थयात्री र्फकिएको सिता एअरका स्टेसनका सहायक मेनेजर सुर्य लामाले बताए । सिता एयर प्रालिका एमडि रान्जेद्र बहादुर सिंह सहित ६जना र भारितीय धार्मिक गुरु गरि ७ जना नागरिक गरि १३ जना तिर्थयात्रीले मानसवर कैलाश दर्शन गरेको सिमकोट विमानस्थ स्थल प्रमुख मोहन गिरीले बताउनु भयो ।
तिर्थयात्रीको टोलि काठमाण्डौँ हुँदै हुम्लामा पुगेको थियो । हुम्लाको लिमी लाप्चा पर्यटकीय क्षेत्र रहेकोले नजिकैपनि जोडिएकको कैलाश –मानसरवर दर्शन गर्न आन्तरिक तथा बाहय पर्यटक आगमन बढेको छ । कोभिड–१९ का कारण रोकिए विगत डेड वर्षदेखि हुम्लामा पर्यटकहरुको आवागमन नभएपछि नेपालकै भुमिबाट कैलाश –मानसरवर दर्शेनको सम्भावनाको लागि टोलि हुम्ला पुगेको छ ।मंगलबार काठमाण्डौं बाट सिता एयर जहाजले सिमकोट विमास्थलमा अबतरण गराएको थियो । सुरक्षा निकायको अनुमति लगेपछि आजै शिवरात्रीकै दिनमा माउटेन एयर हेलिकोप्टरले दुई फलाईट गरिे आजै नेपालगन्ज र्फकिएका छन ।
मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिक लगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलासको दर्शन गर्न जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस