रुखमा चढेर फोन गर्दै ,गाउँपालिका अध्यक्ष चौलागाई

ऋर्जुन बोहरा

२०७७ फागनु,२८शुक्रबार
हुम्ला । हुम्लाको चंखेल्नी गाउँपालिकामा कसैसँग मोबाइल सम्पर्क गर्नुपरे एक घण्टा पैदल हिँडेर अग्लो डाँडामा रहेको रुखमाथि चढ्ेर फोन गर्नुुपर्ने बाध्यता रहेको छ ।
आफन्तको खबर बुझ्न र कामकाजको जनाकारी गराउनको लागि भएपनि चंखेल्नी गाउँपालिका तीन वटा वडावासी लाई दैनिक एक घण्टा हिँडेर डाँडामाथि रुखमा चढ्ने फोन गर्न बाध्य भएको चंखेल्नी गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले बताउनु भएको छ।
“म जस्तै सबै सर्वसाधरणहरु लाई फोन गर्न एक घण्टा हिँडेर डाँडामाथिको रुखमा चढ्नैपर्ने बाध्यता छ,के गर्नु? कार्यालयको कामकाजको लागि केन्द्र,प्रदेश, जिल्लासंग सूचना आदान–प्रदान गर्न मुस्किल लागि भए पनि फोन गर्नु परेको बताए ।” हुम्ला जिल्लाको अधिकाँस गाउँमा जडान भएका नेपाल टेलिकमका भिस्याट टेलिफोन सेटले काम गर्न छोडेको छ । एक सता भईसक्यो चंखेल्नीगाउँका वडानं ५को मेल्छामा गाउँमा रहेको भिस्याट टेलिफोनले काम नगरेको । स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट घण्टौं लगाएर पैदल हिँडेर डाँडामाथिल रुखमा फोनको लागि पुग्ने गरेको बताए।
चंखेल्नी गाउँपालिका वडानं १मिमि,२रिमी,३दार्मा,४पिप्लाङ्ग र ५वडा मेल्छामा गाउँमा एक सता भईसक्यो टेलिफोनमा समस्या भएको अध्यक्ष चौलागाईले बताए।
टेलिफोन सेवा अझै पनि गाउँसम्म पुग्न सकेको छैन। स्थानिय तह स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा सुच्चारुप हुन सकेको छैन । चंखल्नेगाउँपालिकाको बडानं ६को नेक्पा गाउँमा हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ । हुम्ला जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन सेवा अवरुद्ध हुँदै आएको छ । सिमकोट स्थिती हरेको नेपाल टेलिकमसँग जोडिएका बजार लगायतका कार्यालयहरु टेलिफोन लाइन विस्तार गर्न सकिरहेको छैन ।

 

प्रतिक्रिया दिनुहोस