दशौं महाधिवेसन मंसिर २ देखि ६ गते सम्म गर्ने एमालेको निर्णय

फिल्को मिसन

२०७७फागनु,२८शुक्रबार
काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । आज बसेको बैठकलेउपाध्यक्ष, उपमहासचिव, सचिव लगायत पद खारेज गरेको हो । यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ । प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाइ दिईएको छ ।बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापासहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ । थापालाइ बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी समेत दिइएको छ । यस्तै पार्टीको १० औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली पक्षले महत्वपुर्ण निर्णयरु गरेको छ । शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महत्वपुर्ण निर्णय गर्दै सकिएको हो ।

 

प्रतिक्रिया दिनुहोस