छुट्टै भेला नगर्न नेपाल पक्षलाइ प्रधानमन्त्री ओलीको आग्रह
२०७७ चैत,३मंगलबार
काठमाण्डौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीको नाममा नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी पनि दिनुभयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा उहाँले पार्टीमा बसेपछि पार्टीको अनुशासन मान्नुपर्ने बताउनुभयो । पार्टीलाइ पार्टीको रुपमा चल्न दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । पार्टीमा सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ थियो । भोली नेपाल पक्षको हुन लागेको भेलाबारे प्रधानमन्त्री ओलीले गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको बताउनुभयो ।