सिन्धुलीमा जीप दुर्घटना : ४ जनाकाे ज्यान गयाे, ७ घाइते

२०७७ चैत,३मंगलबार
सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उहाँका दुई वर्षीय छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका ७ को बाँसकटेरीमा बा १७ च १११७ नम्बरको जीप मङ्गलवार दिउँसो दुर्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।