गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

फिल्को मिसन

२०७७ चैत,५विहीबार

काठमाण्डौं । गुटगत भेलामा सहभागी हुने नेताहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने तथा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्दै नेकपा एमालेको बैठक टुंगिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको प्रमूख सचेतक बिसाल भट्टराईले बाताए ।
पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय पनि भएको उहाँको भनाई छ । बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस