नेपाली सेनाले निस्क्रिय पार्‍यो हुम्लामा दुई वटा बम

सूर्यमणि बोहरा

२०७७ चैत,१५ आईतबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँस्ति दुई वटा बम आज बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । पुरानो घरलाई भत्काएर नयाँ निर्माण गर्नका लागि जग खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्। घरको जग खन्नेक्रममा बम भेटिएलगतै स्थानिय बासिन्दा लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेका थिए । उक्त बमलाई प्रहरीले निगरानी पछि भेटिएको बम नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । प्रहरी उपरीक्षक शर्माका अनुसार भेटिएका एउटा सुतली बम र एउटा सकेट बम रहेको जानकारी दिनु भयो । बमसँगै जनादेश २०६१ चैत २ गते लेखिएको पत्रिकासमेत भेटिएकोे शर्माले बताए। प्रहरीका अनुसार सकेट बम र पत्रिका संगै पलास्टिकमा बेहिरीएको सुतली बम भेटिएको बताए । बम माओवादी ‘जनयुद्ध’का क्रममा राखिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस