सत्यमोहन जोशी माध्यमिक विद्यालय स्थापना गर्ने तयारी
२०७७ चैत १७,मंगलबार
काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा सरकारले ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुसार जोशीको नाममा विद्यालय खोल्न शिक्षा मन्त्रालयले तयारी शुरु गरेको छ ।
मंगलबार जोशी निवासमा पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको तयारीबारे जानकारी गराएका हुन् । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने गरी तयारी थालेको मन्त्री श्रेष्ठले बताए ।