तुवाँलोले हटेपछि हवाई उडान सुचारु

२०७७ चैत,१७मंगलबार
हुम्ला । कर्णालीका जिल्लामा तुवाँलो हटेपछि हवाई उडान मंगलबारदेखि सुचारु भएको छ।
गएको शनिबार देखि तुवाँलो ढाकेपछि हवाई उडान प्रभावित बनेको थियो ।
जिल्लामा लागेको बाग्लो तुवालो केही कम भएपछि मंगलबार बिहानैदेखि नेपालगंज र सुर्खेतबाट उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका एयर ट्राफिक कन्ट्रोलर नवराज कटुवालले बताए ।
मुगु, हुम्ला, जुम्ला, डोल्पामा सुर्खेत, नेपालगन्ज विमानस्थलबाट जहाज आज सुच्चारुप भएको नेपालगन्ज विमानस्थले श्रोतले बताएको छ ।
कर्णालीमामा बाग्लो तुवालो केही कम भएपछि मंगलबार बिहानैदेखि नेपालगंज र सुर्खेतबाट उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका एयर ट्राफिक कन्ट्रोलर नवराज कटुवालले जानकारी दिए। नेपालगंज र सुर्खेतबाट सीता, तारा, समिट र नेपाल एयरलाइन्सका विमानहरुले उडान भर्दै आएका छन्।