आवासीय विद्यालयमा भौतिक संरचना अभाव

खड्क सुनार

२०७७ चैत,१७मंगलबार
मुगुमा। मुगुमा रहेको एउटा आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरू एउटै कोठामा बस्न बाध्य छन् ।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका वडा नम्बर ३ ताखामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा भौतिक संरचना अभाव भएको हो । सोही कारण उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू एउटै कक्षाकोठामा पढ्न र बस्न बाध्य भएका हुन् । २०७६ मा स्थापना भएको यो विद्यालयमा भौतिक संचरना अभाव हँुदा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नपुगेको विद्यालय प्रशासनले बताएको छ ।
४ देखि ६ कक्षासम्म पढाइ हुने आवासीय विद्यालयमा संघ सरकारबाट प्रतिविद्यार्थीलाई ४ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ भने प्रदेश र स्थानीय सरकारबाट कुनै पनि सहयोग नभएको विद्यालयले बताएको छ । अहिले आवासीय विद्यालयमा २ सय २ विद्यार्थीले अध्यनरत गरिरहेका छन् । विद्यालयमा गरिब विपन्न, टुहुरा, असहाय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा केटाकेटी तलमाथि बसेर रात बिताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस