भुसाल र पाण्डेलाई एमालेपार्टीबाट ६ महिनाका लागि निलम्बन
२०७७ चैत,१९ विहीबार
काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमाले केन्द्रीय समितिले गत चैत्र ८ गते चार नेतामाथि स्पस्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जबाफ दिएका थिएनन् । फेरि उनीहरुमाथि १६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।