सङ्क्रमण दर बढेपछि १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय
२०७८बैशाखा,१४मंगलबार
काठमाण्डोैं । नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा बढेपछि जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
त्यसअघि बाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय सम्बन्धित जिल्लाबाट भइसकेको थियो । यी जिल्लामा अब यो निषेधाज्ञाको समयावधि मन्त्रिपरिषद्को निर्णयअनुसार १५ दिनसम्म पुग्नेछ । काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनले पर्सिदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् भने बाँके र बर्दियामा गएरातिदेखि नै निषेधाज्ञा जारी भएको छ ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।