कोरोनाबाट ३५ जनाको मृत्यु, २४ घन्टामा थपिए ४,९२८ संक्रमित पुष्टि

फिल्को मिसन

२०७८बैशाख,१६ विहीबार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने ८ सय ८८ रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ३४ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ५ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका एक हजार एक सय २७ जना, भक्तपुरका एक सय ८२ जना र ललितपुरका २ सय ५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घन्टा अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस