कोरोना रोकथाम लागि कर्णाली प्रदेशले १अर्ब रुपैयाँ व्यवस्था गर्ने

फिल्को मिसन

२०७८बैशाख,१६ विहीबार
सुर्खेत। कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले १ अर्ब रुपैयाँ बजेट व्यवस्था गर्ने भएको छ ।
विकास खर्चबाट रकमान्तर गरी तत्काल ५० करोड रुपैयाँ कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएकोसरकारका प्रवक्ता मन्त्री विमला केसीले बताउनु भयो ।
कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिइएको उहाँको भनाइ छ । चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश भित्रिने ४ वटा नाकामा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको पनि बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस