एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

फिल्को मिसन

हुम्ला । एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला उत्तरी नाम्खा गाउँपालिकामा वडा नम्बर दुई केर्मी गाउँमा गएको १४ गते गाईवस्तुका लागी एक दिने घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरेर सम्पन्न भएको छ । ६७ वटा घरधुरी रहेको वडा दुईमा केर्मी गाउँका आठ सय ५१ पशुवस्तुलाई औषधि उपचार गरीएको हो ।
गाईगोरु दुई सय,जुमाझोपा चार सय १३, साँढे ३२, तोल्बातोल्बीनि गरेर एक सयलाई औषधि उपचार गरीएको हो । याक ३९ र घोडा एक सय ३२ वटा गरेर एक दिने पशुघुम्ति शिविरमा आठ सय ५१ व्टालाई उपचार गरीएको हो । क दिने शिविरमा भ्याक्टेरीया,आन्तरिक तथा बाह्य परजिवी सम्बन्धि र छाला रोग सम्बन्धिका उपचार गरीएको हो ।
यस्तै मेटाबोलीक, र घाउ तथा आँखा सम्बन्धि लगायत अन्य रोगको समेत उपचार गरीएको गाउँपालिकाका पशु शाखाका प्रमुख पठाने बुढाले जानकारी दिनुभयो । गाइवस्तुमा कुनै किसिमका रोग संक्रमणले थला नपरोस भनेर एकदिने घुम्ति स्वास्थ्य शिविर गरीएको प्रमुख बुढाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस