किसानलाई बाख्रा वितरण

भक्तराज ऐडी

२०७८ बैशाख,१७ शुक्रबार
सिमकोट ।सर्केगार्ड गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ।
सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका किसानलाई लागत साझेदारीमा बाख्रा वितरण गरिएको छ । एक गाउँपालिका एक पशुपंक्षी उत्पादन कार्यक्रम अन्तर्गत किसानलाई बाख्रा वितरण गरिएको हो ।
व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि किसानलाई बाख्रा वितरण गरेको जानकारी दिइएको छ।

गाउँपाललिकाका वडा नम्बर ६का ७० ले व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानलाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको जानकारी दिएको छ।
गाउँपालिकाले छनौट गरेर लागुभएको उक्त कार्यक्रमबाट वडाका ७० घरधुरीलाई तीन÷तीन वटा बाख्राका दरले लागत साझेदारीमा वितरण गरिएको वडा अध्यक्ष खड्कबहादुर बुढाथोकीले बताए।
यसका लागि स्थानीय उपभोक्ताहरु स्थानीय पातका बाख्रा र वर्णशंकर जातका बोका खरिद गरेर वितरण गरिएका हुन्। जम्मा २१० वटा बाख्रा र पाँच वटा बोका खरिद गरिएको उहाँले बताउनुभयो ।
भेटेरीनरी अस्पतला तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाका अनुसार ७० प्रतिशत कार्यालय र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा बाख्रा तथा बोका खरिद गरेर वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस