महन्थ ठाकुर निर्वाचन आयोगमा , कुनै कारबाही नभएको पत्र
२०७८ वैशाख, १७ गते शुक्रबार
काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् ।
ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना आधिकारी नआएको बताएका छन ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध उभिने पार्टीको निर्णयविरुद्ध लागेर सरकारमा सहभागी भएपछि जसपाले कारबाही गरेको हो ।कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका ।