क्वारेन्टाइनमा बसेकालाई प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

मन्दिर सिहं

२०७८बैशाख,१७शुक्रबार
सिमकोट । जिल्ला प्रहरी कार्यलय हुम्लार्मा सेल्फ क्वारेन्टिनमा बसेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्रि सहितको स्वास्थ्य किड्स सहयोग गरेको छ ।
युएसए आइडी र युनिसेफ नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय हुम्ला र ससस्त्र प्रहरी वलको क्वारेन्टिनमा बसेका सुरक्षाकर्मीहरुका लागि कोभिड–१९ बाट बच्न उक्त सामग्रि सहयोग गरिएको जन स्वास्थ्य कार्यालय हुम्लालका सिनियर अनमी सरिता बोहराले बताईन ।
‘क्वारेन्टिनमा बसेको दुइवटै सुरक्षाकर्मि लाई स्वास्थ्य सामाग्री समावेश भएका ९वटा सामान समावेश भएको किड्स बक्स सहयोग गरेको अनमी बोहराले बताउनु भयो ।।
आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात सडकमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर ती सामाग्री सहयोग गरेको सांसद यादवले बताए ।
सामाग्री जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्व सर्मा र ससस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक गेहेन्द्रबहादुर भण्डारीलाई हस्तान्त्रण गरेको जन स्वास्थ्य कार्यालय हुम्लाले जनकारी दिएको छ ।
जिल्ला बाहिर गएर फर्किए पछि कार्यालयमै राखिएको क्वारेन्टिनमा बसेका जनपद प्रहरीका १५ र ससस्त्र प्रहरी वलका १० जना प्रहरीहरुलाई प्रयोग गर्ने सामाग्री सहयोग पाएको नेपाल प्रहरी हुम्लाका प्रमुख हेरम्ब शर्माले बताए ।
हस्तान्तरण गरिएका स्वास्थ्य किड्समा डिजिटल थर्ममिटर, ५० थान सर्जिकल मास्क, सेनिटाइजर, भाडा माज्ने सावुन र जाली, कोठा सफा गर्ने लिक्वीट र तापक्रमको रेकर्ड राख्ने फारम रहेको छ ।

प्रतिक्रिया दिनुहोस