ग्रिन जोनबाट रेड जोन हुम्लामा, ८ जनामा कोरोना पुष्टि

मन्दिर सिह

२0७८ बैशाख,२०सोमबार
हुम्लामा । हुम्ला र ग्रिन जोनको रुपामा रहेको हुम्लामा सोमबार मात्रै २० जना लाई एण्टीजेन परिक्षण गर्दा ८ जना कोरोना पोजिटीभ देखियोको छ । नेपालगन्ज र सुर्खेतबाट हवाइए मार्ग भएर हुम्लामा आएका यात्रुहरुको कोरोना पोजिटीभ भेटिएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । सोमबार। विहान नेपालगन्ज र सुर्खेत बाटा सिता एयर तारा एयरबाट आएका ४०जना यात्रुहरुमध्ये ८ जनामा कोरोना संक्रमण भेटिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा सिमकोट गाउँपालिका –१,२ र ३ वडाकी २० वर्षिय महिला, २३बर्षिय पुरुष, र १६ बर्षिय पुरुष संक्रमण पुष्टि भएको छ । त्यसै गरि खार्पुनाथ –,२३,४ वाडाका क्रमश ३४बर्षिय पुरुष,१८बर्षिय पुरुष,२०बर्षिय पुरुष, र १७ बर्षिय पुरुषमा र सर्केगाढ २का २१बर्षिय पुरुषमा कोरोना पोेटिभ देखिएको जनस्वाथ्य कार्यालयका सूचाना अधिकारी भक्ती फडेराले बताउनु भयो ।
जिल्ला बाहिरबाट आएका यात्रुहरु कोरोना संक्रमणको हटस्पटका रुपामा रहेको बाँके र सुर्खेतबाट आएकाहरुको नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएकोे हो । संक्रमण पुष्टि भएका सबैजना संक्रमितलाई रानीवन स्थित क्वारेष्टिनमाराखिएको जनस्वास्थ्य अधिकृत सिंहले बताउनु भयो । अन्य कन्ट्रयाक ट्रेसिङमा रहेकालाई पनि निगरानीका लागि पहल भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस