माक्स नलगाए पछि सय रुपैयाँ जरिवाना

बाच बादुर विक

२०७८ बैशाखा, २० सोमबार
सिमकोट ।अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? निस्कँदै हुनुहुन्छ भने सावधानी अपनाउनुहोु । आफनो खल्तीमा मास्क छ कि छैन भने चेक गर्नु होस । मास्क छैन भने बजारमा २० रुपैयामा किन्न पाइन्छ ।घरबाट खुला बजारमा पुग्यो भने मास्क नगाएको भन्दै प्रहरीले २० रुपैयाँ पर्न ठाउँमा १सय रुपैयाँ जरिवाना उठाउन थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले मास्क अनिवार्य गरेको हो ।
सिमकोट बजार र अन्य क्षेत्रमा भिडभाडमा सर्वसाधारणहरुले मास्क नलगाएर हिंडन थाले पछि जिल्ला प्रहरी कार्यलयबाट खटिएका सुरुक्षाकर्मिले मास्क नलगाई हिडेन मान्छेहरु लाई १सय रुपैयाँ जरिवाना लगाएका छन । सङक्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ । नेपालगन्ज,सुर्खेत र छिमीकी जिल्लामा कोरोनाको सङक्रमण बढेको भन्दै जिल्ला प्रशासन हुम्लामा पनि स्वाथ्य मापदण्ड लाइएर्. कडाई बनाउने निर्णय गरेको छ ।
छिमेकी जिल्लामा काभिड–१९ सङक्रमण बढेसँगशै सतर्कता अपनाउन भन्दै प्रशासनले मास्क नलागाई बाहिर हिँड्न् लाई कारवाही गर्ने निर्णय गरिएको डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
जिल्ला सङकट व्यास्थापन केन्द्रको गएको आइतबार बसेको बैठले मास्क नलागार्ई हिँडको पाइएमा सङक्रामक रोग एने बमोजिम कारवाही गर्ने निणएय भएका प्रजिअ आर्चायाले जानकारी दिनुभयो ।
शनिबारबाट शुरु गरिएको सय रुपैयाँको कारवाहीले अहिलेसम्म सदरमुकाम सिमकोट बजारमा मात्रै ५० जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । नेपालगन्जन,सुर्खेत,काठमाण्र्डोै र नजिका छिमेकी जिल्ला बाट आउने यात्रुको आवततजावत लाई व्यपस्थित गरि अनिवार्यरुपमा अभिलेख राख्ने तथा हुम्लाका प्रवेश गर्ने यात्रु लाई अनिवार्य सिमकोट विमानास्थलमा एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न पनि आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न कार्यलय र पसल लगायतका सार्वजनिकस्थलमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस