हिल्दुम जलविद्युत् आयोजना बन्यो दुहुना गाई,२२ घण्टा लोसेडिङ्ग

अर्जुन बोहरा

२०७८ बैशाख, २०सोमबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाको वडानं ४ स्थिति हिल्दुम खोलामा झण्डै ५०० किलोवाट विद्युत् अहिले भने ८४ किलोवाट उत्पादनको अबस्था ! सुन्दै घिनलाग्दो खबर २२ घण्टा सिमकोट बजारमा लोसेडिङ्ग भएको चर्चा । तर, यसको अर्को पाटो पनि फरक छ । एक दशक लामो समय देखि र्निमित हिल्दुमा साना जलविद्युत आयोजनाले उत्पादन गर्दे आएको विधुत दुई तिन बर्ष देखि लोडसेडिङको सिमकोट गाउँपालिाको वडानं ५⁄६ वडा तल्लो बजार र माथिल्लो बजार लगायतका सरकारी तथा गैरसकारी कार्यालय र बजार संचालन गर्दे आएका पसल, उद्योग संचालनमा विद्युत नहुदाँ समस्या परेको छ । विद्युत् व्यवस्थापनको गर्नु नसक्नुको कारण,बर्खायममा खोलामा पानीको बहाब लाई लिएर नाप गरिनु,जलवायु परिर्वतनले गदां हिउँदामा हिउँ नर्पुनु,गाउँ –गाउँमा लाईन वितरण गर्नु, दक्ष्य कर्मचारी नहुन मुख्य कारण हो ।

२०७६ भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र नहर मर्मत गर्ने ७० लाख भन्दा बढि रकम खर्च गरिसेकोको छ । हिल्दुम जलविद्युत आयोजनाका प्रमुख प्रतिनिधी इञ्जिनियर दावाजाङ्मु शेर्पा र हिल्दमु वितरण कन्द्रका प्रमुख, ठेक्का लगेका ठेक्कारा र राजनितिकी नेतुत्वको लापार्ववाहिले २२ घण्टा लोसेडिङ्ग प्रत्यक्ष मार भोग्नु परेको हो । हिल्दङ्ग वितण केन्द्रले विद्युत ‘लोडको व्यवस्थापन नगरेकै कारण २२ घण्टा लोडसेडिङ हुने गरेको छ । तर, गाउँ गाउँमा लाईन वितरण अझै किन गरिन्छ भन्ने कुरा विद्युत कार्यलका कर्मचारी सोध्दा साविका गाविस लाली, खार्पुनाथ, राया,ठेहे,बरगाउँ,स्याँडा,हेप्का डाँडाफा र सिमकोट झन्डै नौवटा गाविस लाई वितरण गरिने लक्ष्य रहेको हिल्दङ्ग वितण केन्द्रका प्रशासक मिन बहादुर कार्किले बताउनु भयो ।
प्रत्यक्ष उत्पदान भएको विद्युत पावरहाउसमा किन समस्या हुन्छ त भनि खोज पत्रिकारीताको लागि जाँदा विद्युतको उच्च माग हुने हुँदा २५० किलोवटाको बति उत्पादन हुने अहिले पानी अपुग हुँदा ८४ किलोवाट मात्र उत्पादन हुने हुँदा लोडसेडिङ गर्नु परेको पावरहाउसका मिनबहादुर शाहीले बताउनु भयो ।

                                                                                           पानी भर्नको लागि रिजव टयाङ्गि खेल
जलविद्युत माग धेरै, आपूर्ति थोरै भएपछि विद्युत् अभावकै कारणले लोडसेडिङ गर्नु परेका वितरण केन्द्रकाका कर्मचारीले बताए । हिल्दम खोलाको पानीको बहाब कमि भईसेपछि विद्युत उत्पादनमा कम भएको छ । बर्षेनी पानीको श्रोत हिउँदको समयमा घटनुको कारणले पनि विद्युतका ग्राहस्थ लाई समस्या परेको देखिन्छ । पानीको श्रोत घटनु र विद्युत् उत्पादनको माग बढे पछि खोलाको पानी लाई भर्नको लागि रिजव टयाङ्गि बनाउने बिकल्प खोजिएको देखिन्छ । तर पानी भर्नको लागि मुहानमा दुई वटा ११ करोडको लागतमा रिजव टयाङ्गि अधुरोमै बनाएको देखिन्छ । हिल्दुम जलविद्युत आयोजनाले ठेक्क टन्ेडर गरेको देखिन्छ । ठेक्का पाएको कम्पनीले गएको २०७६ सालमा सम्मन्न गरेको देखिन्छ । हिल्दुम सानाजल विद्युत वितरण केन्द्रले विधुत सुच्चारुप गर्ने खोज्दा बनाएको टयाङ्गिमा बनाउँन नपाउँदै पानी चुहिने बनाएको बताएका छन ।

ठेक्का लिएका कम्पनी र जलविद्युत आयोजनाका बाट खटिएका इनन्जिरको मिलोमोते टयाङ्गि बनाउन नपाउँदै रिजव टयाङ्गि जतातजै पानी चुएको देखिन्छ । एकातिर बनाएको टयाङ्गिको अबस्था दहयिन अबस्था हुँदा हुँदै पनि पुन दोश्रो पटक पनि अर्को नया टयाङ्गि बनाउने ठेक्का खुलायो । दोश्रो चरणको टयाङ्गिको ठेक्का पनि निमाणधिन अबस्थैमा छ । तर टयाङ्गि बनाउँदाको कमशल बालुवा, सिममेन्ट,सरिया लगायता कम्जोर बनाएको प्राविधिकले बताउने गरेका छन ।

नयाँ रिजव टयाङ्गिमा मिसाउने कामका लागि टेण्डर भएको तर काममा ढिलाइ भएको पानीको श्रोत कम भएपछि आयोजनाले नजिकको सिमकोट ३ को लाङ्दुगाउँ नजिकै मनीकी खोलाबाट पानी ल्याएर नयाँ टयाङ्गि भर्ने हिल्दुम वितरण केन्द्रका वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।
केन्द्रले निर्माण व्यवसायीलाई छिटो पानी ल्याएर मुल नहरमा मिसाउने काम गर्न ताकेता परिपत्र गरिसकेको प्रमुख ऐडीले बताउनुभयो ।
पानीको अपुग हुनेभएर वितरण केन्द्रले पावर हाउसमा दुईवटा स्टक पानी ट्याङकी बनाएपनि यसको प्रयोगमा आउन सकिरहेको छैन् । ठेकेदारले वर्षेनी मर्मतका नाममा आफुले फाइदा लिन पाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको हो । ठेकेदारले मर्मतका नाममा वर्षेनी पैसा खान पाउनेभए पछि समयमै मर्मत गर्न नसकेको एक जना स्थानीयले बताएका छन ।
                                                                                          संचालनमा आएकै छैन एउटा मेशिन
विद्युत्गृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिन शुरुमा बिद्युत उत्पादन भएको समय देखि संचालनमा आएकै छैन ।
वितरण केन्द्रले पटक पटक पुनःनिर्माण गरिसके पनि एउटा मेशिनले मात्रै विद्युत उत्पादन गर्दै आएको छ । दुई वटा मेशिन क्रमश २५० किलोवाट गरि जम्मा ५०० किलोवटा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका १ हजार ८सय घरधुरीका सेवाग्राहीले .लक्षित गरियता पनि पुरानै अँध्यारोमा बस्न बाध्य भएका छन ।

विद्युत गृहमा रहेका दुई मेशिन मध्ये एक मेशिनका सामग्री नै नभएको,त्यहाँका कर्मचारीले बताएका छन् भने पानी नै नपुगेर मेशिन संचालनमा नआएको दोधारे भाषामा बोलेका छन त्यहाँका कर्मचारीहरुले ।
हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका सामग्रीबाट करीब १६ वर्षदेखि काम चलाईँदै आएको छ । हिल्दुम जलविद्युत आयोजानकै चरम लापरवाहीका कारण सेवाग्राहीले अझै सास्ती खेप्दै आउनुपर्ने अवस्था छ । हिल्दुम जलविद्युतमा कहिले नहर त कहिले फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ (टालटुल प्रवृति) गर्ने त, कहिले पानी ट्याङ्खी लाई नयाँ बनाउने भन्दै हिल्दुम जलविद्युत आयोजनामा करोैंड रकम र्खेच गरीसकेका छन ।
ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । ठेक्का लिएको ठेक्केदाले सम्पन्न हुन नपाउदै १५ बर्ष सम्म सान तिना [ठेक्का र उपभोक्ता, आयोजना र वितरण केन्द्रकै मिलोमोतोमा करोैडौ रकम खर्च गरेका देखिन्छ ।

विद्युत् आपूर्ति नहुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय लगायत उद्योग, पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ । हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको देखिन्छ ।
विद्युत गृहदेखि माथि २६ वटा पेनस्टक पाइप जडान गरिएको हेल्दुम वितरण केन्द्र उपभोक्ता समितिकाबाट बनाएको पानी चुहिने भएको छ । नहर मर्मत र ग्याबिनको ठेक्का लगाउने ठेक्का पाएको तेति भने जस्तो काम नगरेको खुलास गरेका छन । हिल्दुम जलबिद्युत आयोजान प्रमुख, हिल्दुम वितरण प्रमुख, ठेकेदार र उपभोक्ता समितिकैकारणले गर्दा हिल्दुम जलविद्युत आयोजन लाई बर्षैनि दुनो गाई बनाएका छन ।

प्रतिक्रिया दिनुहोस