कक्षा दुईमा अध्ययनरत ८ वर्षीया बालिकाले गरिन झुन्डिएर आत्महत्या

फिल्को मिसन

 

२०७८बैशाख, २१मंगलबार
सिमकोट । सिमकोट गाउँपालिका २नम्बर वडा ठेहे एक बालिकाले झुन्डिएर आत्महत्या गरेको छ । नन्द बोहराकी ८ बर्षिय बालिका संन्दीपा बोहराले मंगलबार अपरान्ह गाईगोठमा झुन्डिएर आत्महत्या गरेको छन । मंगलबारको अपरान्ह अन्दााजी १ बजेतिर बालीकाले गाईको गोठ भित्रै घाँटीमा पासो लगाएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ। आमा घरमै भएको समयमा गाईगोठमा झुण्डेकी शन्दीपालाई देख्ने बित्तिकै इलाका प्रहरी चौकी लाई खबर गरेको दीपेन्द्र भण्डारीले जानका दिए।
उनी पंन्चमुखी प्राविमा कक्षा २ अध्ययनरत थिइन् । अहिले घटनास्थलमा इलाका प्रहरी चौकी ग्यारुखबाट प्रहरी पुगिसकेको भण्डारीले बताउनु भयो । ग्याग्रुख इलाका प्रहरी चौकी घटनास्थलमा पुगेर मुचुल्का गरेर मृत्यक बालिकाको लाश पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय सिमकोटमा ल्याउने तयारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस