राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पतीको रुपमा प्रयोग गरेकोमा देउवाको आक्रोस

फिल्को मिसन

 

२०७८जेठ ,८गते शनिबार

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाई निजी सम्पतीको रुपमा प्रयोग गरेको आक्रोस पोखेका छन ।आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढङ्गले मिलोमतोमा षड्यन्त्र भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली काँग्रेसको ठहर रहेको देउवाले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले हठात रुपमा अर्को सरकार गठनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले २४ घण्टामै नियुक्तीको आह्वान गर्ने तर आफूले बहुमत सदस्यको हस्ताक्षर लैजाँदा समेत त्यसलाई स्वीकार गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

यस्ता कार्यको तथ्य प्रधानमन्त्री नियुक्त भएको एक घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस