संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको  : सभामुख सापकोटा

फिल्को मिसन

२०७८जेठ ,८गते शनिबार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको प्रतिक्रिया दिनुभएको छ । सभामुख सपकोटाले शनिबार वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको बताएका हुन् ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको उनको भनाई छ । उनले भने, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’ राष्ट्रपति कार्यालयबाट गएराति जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाने सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस