मुगुमा यार्सा संकलनमा संकलनमा रोक

राज शाही

२०७८जेठ ,८गते शनिबार
मुगु । विश्व भरी महाँमारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) संग लड्न थप चुनौति हुने भन्दै मुगुम कार्मारोङ गाउँपालिकाले यस वर्ष यार्सागुम्वा संकलनमा रोक लगाउने निर्णय गरेको छ ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुगुमा यसवर्ष यार्सागुम्बा संकलनमा रोक लगाएपछि २ हजार भन्दा बढी परिवार प्रभावित भएका छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा संकलनमा प्रतिबन्ध लगाएपछि यार्सा टिपेर जीवन निर्वाह गर्दै २ हजार ३ सय ८० परिवार प्रभावित भएका हुन् ।
एक दशक अघि देखि पाटन क्षेत्रको यार्सा टिपेर गुजारा चलाउँदै आएका मुगुम कार्मारोङ गाउँपालिकाका १ हजार ३ सय आदिवासी जनजाति परिवार र छायाँनाथ रारा नगरपालिकाको रोवा क्षेत्रका १ हजार ८० परिवार समस्यामा परेका छन् ।
गर्मी मौसम सुरुवात सँगै सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत क्षेत्रमा यार्सा उम्रिने र टिप्नको लागि जिल्ला भित्र र बाहिरका हजारौं स्थानीय जेठ पहिलो साता देखि पाटन जाने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस