अमेरिकाबाट जिल्ला अस्पाताल हुम्ला लाई २० लाखको स्वास्थ्य सामाग्री सहयोग

मन्दिर सिह

२०७७ साल १९बुधबार
हुम्ला । अमेरिकाको ओल्मो लिङ बोन सेन्टर एण्ड इन्स्टिच्युट संस्थाले जिल्ला अस्पताल हुम्लालाई २० लाखको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । हुम्ला जिल्ला लाई कोरोना संक्रमित लाई थप उपचारको लागि अमेरिकामा बस्दै आएको हुम्ला बासिन्दाले १६ प्रकारका कोभिड स्वास्थ्य सामाग्री उपकरण जिल्ला अस्पतालका नर्स केसाङ लामाले जिल्ला अस्पतालका डा. टासी आङजुक लामालाई हस्तान्तरण गरेकी छन् ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा अक्सिजन, कन्सन्ट्रेटर, मोनिटर, एचडिउ बेड, एचएफ एनपि सेट , HFNC र आईशोलेसनका लागि चाहिने महत्वपूर्ण कोभिड सामाग्री सहयोग पाएको जिल्ला अस्पतालका डाक्टर लामाले बताए ।
सिमकोट गाउँपालिका–३ तोर्पा निवासी टेम्पाडुक्ती लामा लगायतका आवद्ध भएको संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
अस्पताल हुम्लामा कार्यरत स्टाफनर्स केसाङ लामाले कोभिड स्वास्थ्य सामाग्री पठाउन अमेरिका स्थित हुम्ली लाई आग्रह गरेपछि सहयोग प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर लामाले जनकारी दिनु भयो ।
दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट जिल्लाका प्राय गाउँ प्रभावित भएको बेला अमेरिकाबाट प्राप्त स्वास्थ्य सामाग्रीले जिल्ला अस्पतालले व्यवस्थापन गरेको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसुलेसनलाई व्यवस्थित बनाउने काम भएको बताइएको छ ।
विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको अबस्था लाई मध्येनजर गर्दे जन्मभुमि हुम्ला पनि कोरोना संक्रमणबाट बचाउनको लागि स्वास्थ्य सम्बन्धी सामग्री जुटाउन सहयोग भएको कार्यरत स्टाफनर्स लामाले बाताईन ।

प्रतिक्रिया दिनुहोस