एमाले फुट्ने अन्तिम चरणमा : दुवै पक्षले बोलाए बैठक

फिल्को मिसन

२०७८ जेठ, २० विहीबार
काठमाण्डौ । नेकपा एमालेको दुवै समूहले आज बैठक बोलाएको छ । संस्थापन पक्षले स्थायी कमिटी र खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान बोलाएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । दुबै पक्षय चरम विवाद हुन्दा एमाले पार्टी अन्तिम चरणमा पुगेको छ ।
अस्ति मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । बिहान ११ बजेका लागि बोलाइएको भर्चुअल छलफलमा नयाँ पार्टी खोल्ने वा एमालेभित्र अन्तर सङ्घर्ष गरेर जाने भन्ने बारेमा छलफल हुने एक नेताले बताए । एमालेमा दुवै पक्षबीच एकताका लागि सहमतिको प्रयास भइरहेको छ तर कुनै टुङ्गो लागेको छैन । नेकपा एमालेभित्र दोस्रो पुस्ताका नेता पार्टीभित्रै रहेर सङ्घर्ष गर्नुपर्ने पक्षमा देखिएका छन् । हिजो नेपाल पक्षका जनवर्गीय सङ्गठनका नेताले अलग पार्टी खोल्न दवाव दिएका थिए ।
पछिल्लो समय एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षसँग अनौपचारिक संवाद अघि बढाउनु भएको छ । उपप्रधान तथा एमाले महासचिव ईश्वर पोखरेलले हिजो मात्रै पनि नेता माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस