कांग्रेस दुई मन्त्रालय लिएर कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्का

फिल्को मिसन

२०७८ जेठ,२०विहीबार
सुर्खेत । नेपाली कांग्रसले दुई वटा मन्त्रालय नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी पक्का भएको छ । सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने भएको हो । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो ।
कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताउनु भयो । नेता शाहीका अनुसार अहिले कांग्रेस सरकारमा जाने पक्का भइसकेको र सरकारमा क–कसलाई पठाउने भनेर अन्तिम छलफल भइरहेको छ । । कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि भोलि शुक्रबार मन्त्रीको शपथ हुने मुख्यमन्त्री कार्यलय स्रोतले जनाएको छ । सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पठाउने करिब पक्का भएको कांग्रेस निकट स्रोतको भनाई छ । नेपाल समूहका फ्लोर क्रस गर्ने चारमध्ये तीनजना अहिले मन्त्री छन् । कुर्मराज शाही कृषि मन्त्री, अम्मर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योगमन्त्री बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस